एटलेटिकोसँग हार्यो सेभिया

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको म्याड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा सेभियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै एटलेटिको म्याड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एटलेटिको म्याड्रिडले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो । मार्कस लोरेन्टले गोल गर्दै अग्रता दिलाएका थिए । 

यस खेलमा एटलेटिकोका कागलर सोयोन्सुले रातो कार्ड पाएपछि ७०औ मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

एटलेटिको म्याड्रिड र बार्सिलोनाको समान ३८ अंक भए पनि गोल अन्तरमा तेस्रो स्थानमा रहन पुग्यो । रियल मड्रिड र गिरोना समान ४५ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदा पराजित भएको सेभियाको भने १६ अंकसहित १५औं स्थानमा छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *