उत्तरबाहिनी बहुउद्देश्यीयद्वारा स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग

उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्थाले १९ औं स्थापना दिवस मनाएको छ । संस्थाले १९ औ बार्षिकोत्सव बिगतका बर्ष जस्तै सामाजिक कार्य गरेर मनाएको हो । संस्थाले यस अवसरमा गोकर्नेश्वोर नगरपालिका १ स्थित दृष्टि विहिन आमा समूह नयाँपाटी सुन्दरीजल र गोकर्नेश्वोर नगरपालिका ४ स्वास्थ समाज नेपाल संस्थालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

खाद्यान्न सामग्री संस्थाका सलाहकार गोविन्दबहादुर श्रेष्ठ , रामबहादुर श्रेष्ठ तथा अध्यक्ष धर्म शरण श्रेष्ठद्वारा हस्तान्तरण गरिएको छ। संस्थाले १९ औ बार्षिकोत्सव अवसर पारेर मोबाईल बैकिङक सेवा सञ्चालनमा ल्याएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *