सानिमा रिलायन्स लाईफमा रोजगारीको अवसर

काठमाण्डौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीले एक दर्जन बढी कर्मचारी माग गर्दै सूचना निकालेको छ । कम्पनीले १३ वटा शाखाका लागि शाखा प्रमुख माग गरेको छ । कम्पनीले कोशी प्रदेशको भोजपुर, विराटनगर, खाँदवारी र ओखलढुङ्गा शाखाका लागि शाखा प्रमुख माग गरेको छ । त्यसैगरी, बागमती प्रदेशको बत्तीसपुतली, महारागंज, चनौली, कालीमाटी, हात्तिगौँडा र फर्पिङ्ग शाखाका लागि प्रखुकको लागि कम्पनीले आवेदन खुलाएको छ ।

यसका साथै लुम्बिनी प्रदेशको बर्दघाट, रामपुर पाल्पा र जीतपुर शाखाको प्रमुख माग गरिएको छ । न्युनतम स्नातक तह उतिर्ण गरेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । जीवन बीमा। बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रबर्दन समबन्धि कार्यनुभव भएकालाई प्राथमिकता दिने कम्पनीले उल्लेख गरेको छ। योग्य तथा इच्छुक व्यक्तिहरुलाई कम्पनीले सूचना जारी भएको ७ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *