गायिका एलिना चौहानले गरिन विवाह

काठमाडौँ । गायिका एलिना चौहानले आफ्नो प्रेमी विष्णु सापकोटासँग विवाह गरेकि छन् ।

आज (बुधबार) गायिका चौहानले विवाह गरेकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराइन् । लामो समयदेखि प्रेममा रहेका सापकोटासँग परम्परागत रुपमा विवाह गरेको खबर आएको छ । बाग्लुङ घर भएका विष्णु विवाहका लागि जन्तीसहित मंगलबार नै झापा पुगेका थिए ।

हाल विष्णु अस्ट्रेलिया बस्दै आएका छन् भने एलिना नेपालमै गायनमा छिन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *