नोबेल मेडिकल अस्पतालको सहयोगमा २ दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब तीन हजार जति रोग बोकेका १६०० बिरामीहरु लाभान्वित (फोटोसहित)

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नं १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपानेको विशेष पहलमा आयोजना गरिएको २ दिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । अस्ति ३ गतेबाट सञ्चालन गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा सत्याग्रह साप्ताहिक, काठमाडौन्युज डटकमको र अर्जुनधारा नगरपालिका वडा नं १० को संयुक्त पहलमा निःशुल्क २ दिने स्वास्थ्य शिविर सञ्चाल गरिएको थियो ।

अर्जुनधारा नगरपालिका वडा नं १० स्थित कालिस्थानमा (शुभतारा बोर्डिङ स्कुलको प्राङ्गणमा) शिविर सञ्चालन गरिएको थियो । सत्याग्रह साप्ताहिक तथा काठमाडौन्युज डटकमका अध्यक्ष तथा प्रधानसम्पादक सीताराम ढुङ्गेलले नोबेल मेडिकल कलेज बिराटनगरबाट निःशुल्क स्वास्थ शिविर खटाउने प्रबन्ध मिलाएका थिए ।

काठमाडौ मेडिकल कलेज र नोबेल मेडिकल कलेजकोद्वारा सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालित कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिका वडा नं १० कालिस्थानमा (शुभतारा बोर्डिङ स्कुलको प्राङ्गणमा) पनि नोबेल मेडिकल कलेजद्वारा स्वास्थ शिविर राखिइएको थियो ।

डाक्टर, नर्स र ल्याब टेक्नेसियन सहित २५ जनाको टोलीले जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाटी, आँखा रोग, दन्त रोग, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, ईसिजी, युएसजी, ल्याब परिक्षण हेपाटाइटिस, सुगर, पिसाब, युरिक एसिड, रक्त समूह, युरिन, र गर्भावस्था जस्ता स्वास्थ्य सम्वन्धि समस्याहरुमा निःशुल्क स्वास्थ परिक्षणको व्यावस्थापन थियो । उक्त शिविरमा १६०० सयभन्दा माथि व्यक्तिले निःशुल्क जाँच गराएका थिए, भने एक जना बराबर

दुई/तीनवटा रोगको जाँच-उपचार गरेको हिसाब गर्दा करिब ४ हजार जना स्थानीयले विभिन्न रोगबारे आफ्नो-आफ्नो रोग र ब्यथा बारे निःशुल्क स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा आएका विरामीको थप उपचार गर्नुपरेमा नोबेल मेडिकल कलेज विराटनगरमा औषधी बाहेको ५० प्रतिशत छुटमा उपचार गर्ने ब्यवस्था पनि मिलाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *