फक्सवागनको सुविधा सम्पन्न शोरुम नक्सालमा

काठमाडौँ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मनको फ्ल्यागशिप शोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन वहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त सोरुम उद्घघाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । शोरुम उद्घघाटनबारे टिप्पणी गर्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकृत विवेक विजुक्छेले भन्नुभयो, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न शोरुम खोल्न पाउँदा निकै खुसी छौं । यो शोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउनेछ ।

नयाँ शोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त शोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उहाँले जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार यो शोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भै फ्री सर्भिसिंग पाउनेछन् । पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ । फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन् । जसले यसलार्ई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ । नेपालमा फक्सवागनका १० भन्दा बढी शोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *