शिवम् सिमेन्टले चलचित्र महापुरुषमा सहकार्य गर्ने


नेपाली कथानक चलचित्र महापुरुषमा आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ।
उक्त सहकार्यका लागि सिमेन्ट लिमिटेड र षट्कोण आर्टस्बीच एक सम्झैतापत्रमा हस्ताक्षर भएको हो।हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट, केपि रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डिजिएम मार्केटिङका केशव अर्याल तथा षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगायतका अन्य कलाकारहरूको उपस्थिति रहेको थियो। आगामी कात्तिक ११ गते रिलिज हुन गइरहेको उक्त चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरू रहेका छन् भने चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका हुन्। शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगायतका चलचित्रहरूमा समेत सहकार्य गरेको थियो ।
कम्पनीले आफूप्रतिको भरोसालाई मजबुत पार्दै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन लगायतका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको बताएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *