पपुवा न्युगिनीमा भूकम्प : कम्तीमा ५ जनाको मृत्यु

एजेन्सी
पोर्ट मोर्सबाई ।
पपुवा न्युगिनीमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा धेरै घरहरु भत्किएका छन् । भूकम्पपछि केही सडक खण्डमा  धाँजा फाटेका छन् भने पहाडमा पहिरो गएको छ । 

संसद सदस्य केसी सवाङले दुर्गम पहाडी गाउँमा कम्तीमा दुई जनाको ज्यान गएको र अन्य चारजनालाई गम्भीर अवस्थामा हेलिकोप्टरबाट अस्पताल लगिएको जानकारी दिए । नजिकैको वाउमा कोरगांको एउटा खानीमा पुरिएर तीन जना कामदारको मृत्यु भएको छ ।

‘त्यहाँ व्यापक क्षति भएको छ’, केसी सवाङले भने, ‘पहिरोले घरहरू पुरिएका छन । एउटा गाउँसँगको सम्पर्क बिच्छेद भएको छ ।’ भूकम्पले गरेको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *