आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मुलुकमा आर्थिक विकास भएमात्र समृद्धितर्फ अग्रसर हुने छ भन्नुभयो ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले यस क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

वि.सं २०७४ को निर्वाचनमा आफूले जनतासमक्ष गरेको प्रतिबद्धता ८० प्रतिशत पूरा गरेको उहाँले दाबी समेत गर्नुभयो । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा बढी केन्द्रित हुने र विकास निर्माणलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । बाढी र डुबानको समस्या, सिँचाइ, सुकुम्बासी समस्या, कोसीटप्पु वन्यजन्तु आरक्षको समस्यालाई सदाका लागि अन्त्य हुनेगरी काम गर्ने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *