ओली निवास बालकोटमा एमाले, माओवादी र राप्रपाका नेता भेला, रवि लामिछाने पनि पुग्दै

काठमाडौं । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ । एमाले, माओवादी र राप्रपाका शीर्ष नेता छलफलमा बसेका हुन् ।

अहिले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका महासचिव देव गुरुङ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल जारी छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट जाने भने पनि सिधै खुमलटारस्थित आफ्नो निवास पुगेका छन् । उनले नयाँ सरकार गठनका विषयमा छलफल गर्न देव गुरुङलाई पूरै अधिकार दिएका छन् ।

राप्रपा अध्यक्ष लिङ्देन झापाबाट सिधै बालकोट पुगेर नयाँ सरकार गठनबारे छलफलमा बसेका छन् । एमाले नेताहरूले सत्तागठबन्धन टुटे नयाँ समीकरण बन्ने बताउँदै आएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको अभिव्यक्ति दिइसकेका छन् ।
एमाले अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा नेता अशोक राईलाई बालकोट बोलाएका छन् । अहिले पाँचवटा दलबीच छलफल जारी छ । अब पाँचदलीय गठबन्धन बन्ने

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *