एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बस्दै, के आउँला निष्कर्ष ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज (मंगलबार) पनि बस्दै छ । स्थायी कमिटी बैठक सकिएलगत्तै सोमबारबाट शुरु भएको पोलिटब्यूरो बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

सोमबारको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । शनिवार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो ।

१८ महिनासम्मका सहयात्री प्रचण्डले अघिल्लो आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एक्लै बालकोट गएर सम्झौता गरेपछि समाजवादी निराश छ । यस्तोमा जारी बैठकमा सरकारमा जानेबारे अनौपचारिक कुरा भए पनि प्रस्ताव नै नआएकाले त्यसतर्फ तत्कालै सोच्न नहुनेमा नेताहरु पुगेका हुन् । आजको वैठकले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनेबारे के निष्कर्ष निकाल्ला भन्ने चासोका साथ हेरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *