नेपालको जितका नायक को को हुन् हेनुहोस

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपाल विश्वकप छनोटमा पुगेको छ ।

नेपाल डीएलएस मेथड अनुसार नेपाल ९ रनले विजयी भएको हो । आइसीसी खेल रेफ्रीले खराब भिजिबिलिटी भएका कारण खेल हुन नसक्ने अवस्था भएकाले खेल रोकेको र खेल रोकिएको समयमा नेपाल डिएल मेथड अनुसार ९ रनले अगाडी रहेकाले विजयी घोषित गरेको स्पष्ट गरेका छन् ।

युएईले दिएको ३११ रनको लक्ष्य पुरा गर्दै नेपाल विश्वकप क्वालिफायरमा सिधै छनौट भएको हो । ३११ रनको लक्ष्य पछ्याइरहेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउदै २६९ रन बनाएको अवस्थामा खराब लाइट भएको भन्दै एम्पाएरले खेल रोकेपछि डीएल मेथड अनुसार नेपाल विजयी भएको हो ।

कुशल भुर्तेल:

ओपनर कुशलले शुरुवाती दुई विकेट बनाए पनि सम्हालिएर खेल्दै ३५ बलमा ५० रन बनाएका थिए । आक्रामक ब्याटिंग गर्ने क्रममा कुशलले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।

भिम सार्की:

भिम सार्कीले ७६ बल खेल्दै ६७ रन बनाएर नेपालको जितमा महत्वपूर्ण योगदान गरेका थिए । भिमले ७६ बलमा ९ चौका प्रहार गरेका थिए ।

आरिफ सेख:

मध्यक्रमका ब्याट्सम्यान आरिफ सेखले मुश्किल समयमा फेरी एक पटक धैर्यता देखाउदै महत्वपूर्ण अर्धशतकीय योगदान दिएका थिए । आरिफले ६२ बलमा २ चौका प्रहार गर्दै ५२ रन बनाएका थिए ।

गुलशन झा:

लराउन्डरको भूमिकामा रहेका गुलशन झा नेपाललाई जित दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका थिए । गुलशनले ४१ ओभरमा २० रन प्रहार गरेकै कारण नेपाल डीएल मेथडमा अगाडी आएको थियो । झाले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए । उनको यो एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक हो ।

यो जितपछि नेपालको आइसीसी विश्वकप लिग-२ मा ३६ खेलमा ४० अंकसहित तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा छनौट भएको छ । नेपाल अब जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *