नेपाल सुनको कचौरा जस्तै भएकाले भिख माग्नु पर्‍याे : प्रधानमन्त्री प्रचण्ड

कामठाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सुनको कचौरा जस्तै भएकाले भिख माग्न बाध्य भएको बताएका छन् । भएपनि अरुसँग भिख माग्दै हिँड्ने शुक्रबार पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले देशमै प्रचुर सम्भावना भएपनि विदेशीसँग भिख माग्नु दुःखद भएको उल्लेख गरेका हुन् ।

‘ प्रकृतिको स्रोत र साधनमा नेपाल धनी राष्ट्र भएपनि रोजी रोटीका लागि रोजगारीका लागि अन्य देश जानु अनि अन्य देशसंग भिख माग्नाले विदेशीहरुले सुनको कचौरा लिएर बाहिर माग्न हिडेको भन्ने गरेपछि झन दुःख नेपालीलाई सार्है दुःख लाग्ने गरेको उनको भनाइ छ ।

सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्था छ । यो एउटा विडम्बना हो । नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो ।’ देशमा उर्वर जमिन, हरियो जङ्गल र हिमालबाट पर्यटनको प्रचुर सम्भावना रहेको प्रचण्डले बताए । अब कृषिबाट उत्पादन वृद्धि गरेर निर्यातमुखी अर्थतन्त्र बनाउन सकिने उनले बताएनेपाल हरेक कुरामा अगाडी भएपनि वर्तनमान समयमा आर्थिक रुपमा पछि परेको प्रधानमन्त्री प्रचण्डले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *