महानिर्देशक अधिकारीले बुझाए तीन दिने स्पष्टीकरणको जवाफ, अनुसन्धान जारी

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले तीन दिने स्पष्टीकरणको जवाफ बुझाएका छन् । गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यालय समयको अन्तिममा अधिकारीले स्पष्टीकरणको जवाफ दर्ता गरेका हुन् ।

यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि असार २१ मा तीन दिने स्पष्टीकरण सोधेका थिए ।

महानिर्देशकले बुझाएको जवाफबारे अध्ययन भइरहेको मन्त्री किँरातीले बताएका छन् । उनका अनुसार महानिर्देशक अधिकारीले सबै बुद्धाको जवाफ दिएका छन । उनले दिएका सबै बुद्धाहरुको अनुसन्धान जारी छ ।
महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए । अध्ययन सकेर तीन दिनको स्पष्टीकरण राम्रो नभए अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने मन्त्रि किराँतीले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *