पोेखरा रोयल सहकारी संस्थाले १३.५ प्रतिशतमा ऋण दिने

पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई साढे १३ प्रतिशतमा ऋण लगानी गर्ने जनाएको छ । सरकारले तोकेको सन्दर्भ ब्याजदर भन्दा कम ब्याजदरमा आगामी माघ १ गतेबाट लागू हुनेगरी शेयर सदस्यहरुलाई उक्त व्याजदरमा ऋण प्रवाह गर्न लाएको हो । यसका लागि संस्थाले माघ १ गते बाट एक सय दिनसम्म मिसन १०० योजना संचालन गरेर एकजना सदस्यलाई एक करोडसम्म लगानी गर्ने र लगानीमा व्यवस्थापन शुल्क नलिने नीति बनाएको हो । संस्थाले उक्त योजनामा ऋण लिने सदस्यलाई १३ दशमलव ५० प्रतिशत मात्र ब्याजदर लिने संस्थाका सूचना अधिकारी मिलन ढकालले जानकारी दिए ।

त्यसैगरी संस्थाले कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीले पारेको असरले सदस्यहरुमा पर्न गएको असरलाई न्युनीकरण गर्ने उद्धेश्यले सदस्यहरुलाई हाल कायम रहेको व्याजदरमा एक प्रतिशत व्याज कम गर्ने निर्णय पनि गरेको ढकालको भनाई छ । संस्थाबाट १ हजार ३९१ जनाले सदस्यले ऋण उपभोग गरिरहेका छन् । संस्थामा ९ हजार १ सय १५ जना सदस्य, २० करोड ४५ लाख शेयर पुँजी र १ अर्व ७० करोड निक्षेप बचत रहेको छ । १ अर्व ७१ करोड ऋण लगानी, तरलता ३१.१० प्रतिशत, शुद्ध संस्थागत पुँजी १८ करोड ७० लाख छ भने कुल वासलात २ अर्ब ३२ करोड रहेको जनाइएको छ । संस्थाले एटिएम सेवा, मोबाईल बैकिङ्ग सेवा, एसएमएस सेवा र क्यूआर कोड प्रविधी मार्फत भुक्तानी सेवालाई सहजीकरण बनाउदै आईरहेको छ । संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरि २ हजार बढी सदस्यहरुमा सामुहिक सहकारी लघु ऋण कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले नियमित रुपमा सदस्यलाई सहकारी शिक्षा, विस्तारित मञ्च, वित्तीय परामर्श, वित्तीय साक्षरता, प्रविधी साक्षरता, युवा तथा महिला केन्द्रित उधमशिलता सम्वन्धि सचेतना अभियान संचालन गरिरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *