सहकाली बचत तथा ऋण सहकारीको १६ औं साधारण सभा सम्पन्न

काठमाण्डौ. । कागेश्वरी मनोहर नगरपालिका बडा नं ९ मा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद अधिकारीको सभापतित्वमा भएको साधारण सभामा कागेश्वरी मनोहरा नपा वडा नं ९ का वडा अध्यक्ष अनिल थापा र जिल्ला सहकारी संघ काठमाडौंका सचिव बालकुमार बाँस्तोलाको आतिथ्यता रहेको थियो । सभामा उपाध्यक्ष अधिकारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै समाजमा छरिएर रहेको स सानो पुँजीलाई एकिकृत गरी सहकारीको माध्यमबाट सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा लगानी गर्दै आएको बताए । ‘समुन्न भविष्यको लागि हाम्रो सयुक्त अभियान,सहकालीमा निरन्तर बचत हाम्रो दरिलो पहिचान’ भन्ने उदेश्यका साथ २०६४ सालमा २८ जना सदस्य र ६ लाख ३९ हजार शेयर पुँजीबाट संस्था सुरु भएको उनले बताए । संस्थाले आर्थिक बर्ष २०७९।८० को असार मसान्तसम्म १० करोड ८१ लाख ८३ हजार शेयर पुँजी , १९ करोड ९७ लाख ८१ हजार जगेडा तथा अन्य कोष,१ अर्ब १३ करोड ५९ लाख बचत संकलन र १ अर्ब ४९ करोड ५८ लाख ऋण लगानी गरेको उनले सभामा जानकारी दिए । संस्थामा ३७४७ सदस्य आवद्ध रहेका छन् भने ८ करोड ७० लाख माथी स्थिर सम्पति रहेको छ । संस्थाको त्यस अवधिमा १ अर्ब ८५ करोड ५८ लाख कुल सम्पति पुगेको उनले बताए । संस्थाले गत आर्थिक बर्षमा १ करोड ४९ लाख १४ हजार खुद मुनाफा आर्जन गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले यस आर्थिक बर्षमा सदस्य केन्द्रीत सेवा तथा सुविधा प्रदान गरी संस्थागत सुशासन कायम गर्ने,सामाजिक कार्यहरुलाई प्राथामिकताका साथ अगाडी बढाउने,सदस्यहरुलाई स्माट सहकारी सुविधा प्रदान गर्न सुरु गर्ने ,सदस्यहरुको माध्यमबाट कृषि र पर्यटनमा लगानी गर्ने, १० लाखसम्मको ऋणको वीमा गर्ने ,सदस्यहरुमा उद्यमशिलता विकास गर्ने र नविनत प्रविधिको प्रयोग गरी सदस्यलाई आधुनिक सेवा दिने योजना अगाडी सारेको छ । सभामा कोषाध्यक्ष किशोर बस्नेतले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक कुमार प्रसाद चालिसेले समितिको प्रतिवेदनमा सभामा प्रस्तुत गरेका थिए । समितिको प्रतिवेदन प्रस्तुत गर्दै चालिसेले संस्थाको ब्याज मुल्तवी हिसाव बर्षेनी बढेर गएकाले ऋण लगानी तथा असुली उपसमिति मार्फत कार्यविधि निर्माण गरी यथाशिघ्र असुल उपर गर्न र भाखा नाघेको र उठाउन नसकिने ऋणहरुलाई अभिलेखन गर्ने नीतिलाई निरन्तरता दिन सुभाव दिएका छन् । संस्थाले विभिन्न बचत खातामा सञ्चालनमा ल्याई सदस्यबाट बचत संकलन गर्दै आएको छ भने संकलित बचतलाई सदस्यहरुको माग अनुसार व्यवसायिक, कृषि तथा पर्यटन,हायर पर्चेच, सामुहिक,आवाधिक, सामाजिक, आवास,अटो र शैक्षिक क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *