पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल मूल्य प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको निगमले जनाएको छ । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७५.५० रुपैयाँ र डिजेलको मूल्य १५८.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य १६१ रुपैयाँ कायम भएको छ । यसअघि निगमले गएको चैत १८ गते पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *